Madhes Khabar
राजनीति

आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं,१मंसिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनको तयारी गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

मगंलबार काठमाडौँमा अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जुनसुकै बेला पनि आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे। उनले आन्दोलन सधैँ लामो तयारी गरेर मात्रै नहुने भएकाले अति भएपछि तत्कालै पनि हुन सक्ने टिप्पणी गरे।

आतंकपूर्ण वातावरण र क्रियाकलापले आफूहरू पछाडि धकेलिएको भए पनि सधैँ एकै प्रकारको आतंक कायम नरहने बताउँदै आत्मविश्वास र मनोबलका साथ अगाडि बढ्ने बताए। अध्यक्ष ओलीले चुनावको माध्यमबाट पार्टी सिध्याउन वा कमजोर बनाउन खोज्नेहरूका विरुद्ध आगामी चुनावमा जित हासिल गर्न पार्टी अगाडि बढ्ने उल्लेख गरे। त्यस्तै, उनले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गरे। अघिपछि हतारिएर फैसला गर्ने अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा अहिलेसम्म फैसला गर्न नसकेको उनको भनाइ छ।

 

समयमा न्याय प्राप्त नहुनु र ढिला प्राप्त हुनु भनेको न्याय नपाउनुजस्तै भए पनि अदालतका विषयमा थप नबोल्ने धारणा ओलीले राखे। अदालतका बारेमा धेरै बोल्दा आफूमाथि मानहानिको मुद्दा थपिन सक्ने उनले बताए।

अध्यक्ष ओलीले जुनसुकै परिस्थिति आए पनि पार्टी फेरि उठ्ने, पुनर्गठन हुने र अगाडि बढ्ने दृढता व्यक्त गरे। आगामी दिनमा जनताको घरदैलोमा पुग्ने, किसान र नागरिकसँग संवाद गर्ने तथा पार्टीलाई अझ बढी सशक्त बनाएर देशको निर्णायक राजनीतिक एवं लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्ने काममा जुट्न उनले निर्देशन दिए।

Related posts

जनमत पार्टी विचार र सिद्धान्तविहीनहरुको जमात हाे : उपेन्द्र यादव

MadhesKhabar

पार्टी फुटाएको विरुद्ध उपेन्द्र यादवले दिए सर्वोच्च अदालतमा रिट

MadhesKhabar

पर्सापछि सप्तरीमा पनि फुट्यो जसपा, समानान्तर कमिटी गठन

MadhesKhabar

Leave a Comment