Madhes Khabar
राजनीति

मोरङ–६ मा कांग्रेसको अधिवेशनमा झडप, ३ नेता घाइते

विराटनगर,१४ असोजः मोरङको क्षेत्र नम्बर–६ मा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनका क्रममा संस्थापन र इतर समूहका कार्यकर्ताबीच झडप भएको छ ।

क्रियाशील सदस्यताको विषयलाई लिएर भएको तोडफोड र कुटपिटपछि अधिवेशन प्रक्रिया नै अनिश्चित बनेको छ ।

झडपका क्रममा कांग्रेस सहमहामन्त्री डा. डिला संग्रौलामाथि समेत हातपात र दुव्र्यवहार भएको छ । यस्तै, कुटपिटबाट पार्टीका क्षेत्रीय कार्यवाहक सभापति एवं पूर्वसांसद चुमनारायण तबदार र नेता चेतराज रेग्मीलगायत घाइते भएका छन् ।घाइते नेता–कार्यकर्ताहरूको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

 

Related posts

पर्साकी उषादेवी थरुनी एमालेबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार

MadhesKhabar

देउवाको उम्मेदवारी रद्ध गर्न माग गर्दै उजुरी दर्ता

MadhesKhabar

जसपाकै नेताहरुले विद्रोहको धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव तनावमा

MadhesKhabar

Leave a Comment