Madhes Khabar
मनोरञ्जन रोचक दुनियाँ

मानिसबाट कुकुर बन्न १९ लाख खर्च

एजेन्सी
वीरगन्ज,१२जेठ
: संसारमा यस्ता धेरै व्यक्ति छन् जो आफ्नो अनौठो व्यवहारका कारण चर्चामा आउने गर्छन् । यस्तै एउटा अनौठो घटना जापानबाट आएको छ, जहाँ एक व्यक्तिको कुकुर बन्ने शौखले सबैलाई छक्क पारेको छ । टोको नामका जापानका यी व्यक्ति अहिले कुकुर बनेका छन् । मानिसबाट कुकुर बनेका टोकोले सामाजिक सञ्जालमा एउटा तस्बिर पनि सेयर गरेका छन् । सामाजिक सञ्जालमा यसको असाध्यै चर्चा भइरहेको छ ।
वास्तवमा, जापानमा बस्ने यी व्यक्तिको बाल्यकालदेखि नै कुकुरको जीवन जिउने सपना थियो । जापानको एक व्यावसायिक एजेन्सी जेपेट वर्कशप कम्पनीले टोकोलाई कुली प्रजातिको कुकुरमा परिणत गरेको छ ।
उक्त व्यक्तिलाई कुकुर बन्न यति धेरै मन लाग्यो कि त्यसका लागि उनले १९ लाख रुपैयाँ (लगभग २० लाख जापानी येन) खर्च गरे । यति धेरै पैसा लिएर ती व्यक्तिले यस्तो पोसाक बनाए, जसमा उनी ठ्याक्कै कुकुरजस्तै देखिन्छन् । यो पहिरनमा उनलाई चिन्न गाह्रो हुन्छ ।
पोशाक बनाउन करिब ४० दिन लाग्यो । मानिस र कुकुरमा धेरै भिन्नता हुने भएकाले यो पोशाक बनाउन निकै मिहिनेत गरेको कम्पनीले जनाएको छ । टोकोले यो पोशाक लगाएपछि आफू कुकुरजस्तै देखिनुपर्ने इच्छा जताएका थिए । साभारः रातोपाटी

Related posts

भारतमा ६५ कराेडकाे ओपनिङ गर्दै शाहरुख खानकाे `जवान´ ले राख्याे किर्तिमान

MadhesKhabar

‘आरआरआर’ को ‘नाटु नाटु’ गीतले जित्यो ओस्कार अवार्ड

MadhesKhabar

सिम्रौनगढमा अनौठौ चुनावी नारा – उपमेयर जिते ५ वर्ष निशुल्क सैलुन सेवा उपलब्ध गराउछु

MadhesKhabar

Leave a Comment