Madhes Khabar
अर्थतन्‍त्र

मोतिहारी–अमलेखगञ्ज पाइपलाइन दोस्रो चरण परियोजनाको मोदी र बालेनलले गरे उद्घाटन

काठमाडौं,७ मंसिर : प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमण क्रममा भारतले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरण नेपाललाई हस्तान्तरण गरेको छ ।

दिल्लीको हैदरावाद हाउसमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री शाह र समकक्षी नरेन्द्र मोदीले रिमोट थिचेर भर्चुअल रूपमा संयुक्त उद्घाटन गरेपछि भारतले नेपाललाई उक्त परियोजना हस्तान्तरण गरेको हो ।

कुल ६९.७ किलोमिटर लम्बाइ रहेको दक्षिण एसियाकै पहिलो क्रस–बोर्डर पेट्रोलियम पाइपलाइनको पहिलो चरणको उद्घाटन भने २०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । पहिलो चरणबाट डिजेल मात्र आयात हुँदै आएको यस पाइपलाइनबाट दोस्रो चरणको उद्घाटनसँगै पेट्रोल र मट्टीतेलसमेत भित्राउने लक्ष्य राखिएको छ ।

 

Related posts

सुनकाे मुल्य ताेलाकाे १ लाख १२ हजार ५०० पुग्याे

MadhesKhabar

सुनको भाउमा नयाँ रेकर्ड , एक हप्तामै बढ्यो तोलामा ५ हजार

MadhesKhabar

वीरगन्ज बजारमा अनुगमनलाई तिब्रता दिने अनुगमन समितिको निर्णय

MadhesKhabar

Leave a Comment