Madhes Khabar
राजनीति

प्रधानमन्त्री बालेनको भारत भ्रमणले दुई देशबीचको सम्बन्धले अझ उचाई प्राप्त गरोस् : पूर्वमुख्यमन्त्री सोनल

वीरगन्ज,६मंसिरः मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको सफलताका लागि शुभकामना दिएका छन् ।

प्रधानमन्त्री शाह दुई दिने भारतको राजकीय भ्रमणमा आइतबार भारत जान लागेका छन् । सोमबार शाहले समकक्षी नरेन्द्र मोदीसगँ भेटवार्ता गर्नेछन् ।

मधेसका पूर्वमुख्यमन्त्री सोनलले प्रधानमन्त्री शाहको छिमेकी मित्र राष्ट्र भारतको पहिलो पटकको औपचारिक भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध थप विकसित भई अगाडी बढोस् भन्ने कामना गरेका छन् ।

साथै यस भ्रमणले नेपालका विकासे परियोजनाहरुमा भारतका तर्फबाट सहयोग प्राप्त हुने अपेक्षा गर्दै सोनलले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध लगायत बहुआयमिक सम्बन्धले अझ उचाई प्राप्त गर्ने विश्वास आँफुले लिएको बताएका छन् । साथै प्रधानमन्त्री शाहको भारत भ्रमणको सफलताको लागि पनि उनले शुभकामना दिएका छन् ।

Related posts

प्रदेशसभा सदस्य उम्मेदवार कुर्मी भन्छन् : कामको मुल्यांकन गरेर जनताले फेरि जिताउछन्

MadhesKhabar

वीरगन्जमा आम जनता पार्टीका नेता कार्यकर्ताले गरे संविधानकाे अन्त्येष्टि

MadhesKhabar

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादवलाई फेरी जिताएर संसदमा पठाउछाैं

MadhesKhabar

Leave a Comment