Madhes Khabar
राजनीति

जसपा नेपालका ४ नेताले दिए सामूहिक राजीनामा

काठमाडौं,१८असाेज:उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ४ नेताले सामूहिक राजीनामा दिएका छन्। पूर्वसंघीय सांसद इन्दु कुमारी शर्मासहित चार जनाले राजीनामा दिएका हुन्।

राजीनामा दिनेमा शर्मासहित जसपा नेपालका केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता घनश्याम शर्मा र पार्टीका युवा नेता पुष्पराज चमनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्।

उनीहरूले मधेशको वैकल्पिक शक्तिको रूपमा घोषणा भएको ‘हुंकार मधेस’ अभियानमा लाग्ने जानकारी समेत गराएका छन्।

असोज ९ गते औपचारिक रूपमा घोषणा भएको यो अभियानले सय दिने मेची महाकाली हुलाकी पुनर्जागरण यात्रा प्रारम्भ गर्दै छ।

Related posts

वीरगन्जमा ८० जना युवाहरु जनमत पार्टीमा प्रवेश

MadhesKhabar

जसपा छाडेर माओवादीमा गएका पर्साका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

ठाकुरराम क्याम्पस : स्ववियु निर्वाचन स्थगीत ,अब जेठमा गर्ने सहमति

MadhesKhabar

Leave a Comment