Madhes Khabar
स्वास्थ्य हेडलाइन

पर्सामा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक मुल्यांकनमा सखुवा प्रसौनी भयो प्रथम

वीरगन्ज,१५ असोजःपर्सा जिल्लामा गत आर्थिक वर्ष २०८२/ ८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठी वीरगन्जमा सम्पन्न भएको छ।बुधबार आयोजित गोष्ठीको समापन कार्यक्रममा जिल्लाका १४ वटै पालिकाले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका कामलाई विभिन्न सूचकहरुको आधारमा मुल्यांकन गर्दा सखुवा प्रसौनी गाँउपालिकालाई प्रथम घोषणा गरियो ।यस्तै ठोरी गाउँपालिका दोस्रो र जगरनाथपुर तेस्रो हुन सफल भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए ।

समापन कार्यक्रममा प्रमुख अतिथी मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका महाशाखा प्रमुख डा. मुक्तिनारायण साहले प्रथम,दोस्रो र तेस्रो हुन सफल पालिकालाई स्वास्थ्य शाखाका प्रमुखहरुलाई पुरस्कारसहित कदरपत्रसमेत प्रदान गरेका थिए ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख निलारम्भ अधिकारीको अध्यक्षतामा आयोजित समिक्षा गोष्ठीमा जिल्लाका सबै पालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ संस्थाले आआफ्नो वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

यसअघि आर्थिक वर्ष २०८१ /८२ मा भने पर्सा जिल्लाभरिमा ठोरी गाउँपापलका प्रथम, जगरनाथपुर गाउँपालिका दोस्रो र वीरगन्ज महानगरपालिका तेस्रो हुन सफल भएको थियो ।

 

Related posts

विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री यादवले भने : चुनौतीका बाबजुद नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ

MadhesKhabar

अष्ट्रेलियामा रहेका मधेसीहरुले पर्साकाे बारवा गाँउका ५० दलित परिवारलाई बाँडे कम्बल

MadhesKhabar

सामाजिक सन्जालको दुरुपयोगले तराई–मधेसमा बालबालिका बेचबिखनका घटना बढ्दो

MadhesKhabar

Leave a Comment