Madhes Khabar
राष्ट्रिय

मिटरब्याज पीडितहरुलाई भदौ ५ सम्म उजुरी दिन आह्वान

मधेसखबर

वीरगन्ज,२८ साउन : सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान गरेको छ।

मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान गरेको हो।
सरकारले गठन गरेको मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदलका संयोजक डा. भीष्मकुमार भूसालले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको श्रृङ्खलाले सयौं परिवारको विचल्ली भएका समाचारहरू सार्वजनिक भएकाले उजुरी आह्वान गरेको जनाएका छन्।

‘आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारवाही गर्ने प्रकृया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानूनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ।’ डा. भीष्मकुमार भूसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिटरब्याजी अपराध नियन्त्रणका लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट गम्भीरतापूर्वक पहलकदमी लिई मिति २०७९।०४।२७ गते माननीय गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न कार्यदल गठन भै सकेको छ।’

Related posts

एमाले उम्मेदवार शीव पटेल भन्छन् – मौन अवधीमा झन् पैसाको चलखेल हुन सक्छ

MadhesKhabar

रसुवामा दुई दिनसम्म माटोमुनि पुरिएकी बालिकाको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

MadhesKhabar

मधेसको शिक्षा र स्वास्थ्य क्षेत्रका परियोजनामा भारत सरकारले दियाे साढे २ अर्बभन्दा बढीको अनुदान

MadhesKhabar

Leave a Comment