Madhes Khabar
खेलकुद

बंगलादेशलाई हराउँदै सात वर्षपछि भारत बन्याे साफ च्याम्पियन

काठमाडौं,२३जेठ: भारतले सात वर्षको प्रतीक्षापछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। शनिबार गोवास्थित जवाहरलाल नेहरू रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले उपाधिमाथि कब्जा जमाएको हो ।

भारतको जितमा प्यारी जाक्सा, सानफिदा नोङग्रुम र ल्यान्डा कोमले एक–एक गोल गरिन् । सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गरेको भारतले अवसरहरूलाई सदुपयोग गर्दै बंगलादेशमाथि दबाब कायम राखेको थियो ।

यता, बंगलादेशका लागि रितु चक्माले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन। फाइनलमा उत्कृष्ट प्रदर्शन गरे पनि बंगलादेशले भारतको सशक्त आक्रमण रोक्न सकेन ।

यस जितसँगै भारतले सात वर्षपछि पुनः साफ महिला च्याम्पियनसिपको उपाधि उचाल्न सफल भएको छ। प्रतियोगिताभर प्रभावशाली प्रदर्शन गरेको भारतीय टोलीले फाइनलमा पनि आफ्नो लय कायम राख्दै दक्षिण एसियाली महिला फुटबलमा आफ्नो वर्चस्व पुनः स्थापित गरेको छ।साभारखबरहब

Related posts

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराउदा भारत सेमिफाइनलमा

MadhesKhabar

गु्ल्शन झाको विस्फोटक व्याटिङ, २० बलमै हाने अर्धशतक

MadhesKhabar

नारायणी रंगशाला पुनर्निर्माणका लागि संकलित हस्ताक्षर कांग्रेसले मन्त्रीहरुलाई बुझायो

MadhesKhabar

Leave a Comment