Madhes Khabar
समाज स्वास्थ्य

वीरगन्जमा क्रियाशील युवा पत्रकार मञ्चको कार्यक्रममा ६० जनाले गरे रक्तदान

वीरगन्ज,२३जेठःवीरगन्जमा शनिबार क्रियाशील युवा पत्रकार मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रगतदान गरेका छन् ।

घण्टाघर चोकमा आयोजित रक्तदान कार्यक्रममा ३ जना महिलासहित ६० जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष आनन्द पटेलले जानकारी दिए । उनका अनुसार रक्तदान गर्नेहरुमा माधुरी महतो, ज्ञान्ती पटेल, पूजा साह, अनिश पटेल, मुनेश पटेल, मुकेश पटेल, आदित्य शर्मा, राकेश साह, दीपेन्द्र पटेल, भूपेन्द्र पटेल, बृजकृशोर चौधरी,आनन्द पटेल, राजेन्द्र भट्टराई, अरविन्द पटेल, पप्पु साह, प्रताप पटेल अनुज पटेल,रञ्जय पटेल, विशेष द्धिवेदी, जितेन्द्र साह, सुनिल साह, सुर्यप्रताप पटेल लगायतका रहेका छन् ।

क्रियाशील युवा पत्रकार मञ्चका अध्यक्ष आनन्द पटेलको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, नपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता,दिपक पटेल,सौरभराज पाण्डे,बृजेश चौधरी लगायतकाको पनि उपस्थिती थियो ।

Related posts

छठ पूजाको उपलक्ष्यमा वीरगन्जमा यसपालिपनि घडिअर्वा स्पोटर्स क्लबले रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

पर्सामा माघ ९ र १० गते बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने

MadhesKhabar

नेपालमा फेरि देखिन थाल्यो कोरोना संक्रमण

MadhesKhabar

Leave a Comment