Madhes Khabar
स्वास्थ्य

नेपाल चिकित्सक संघ नारायणीको उपाध्यक्षमा डा. राम किशोर सिंह विजयी

वीरगन्ज,११ माघ : नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको उपाध्यक्षमा डा. राम किशोर सिंह अत्याधिक मतका साथ निर्वाचित भएका छन् ।

वीरगन्जमा शनिबार भएको निर्वाचनको आइतबार बिहान घोषित मतपरिणाम अनुसार, अध्यक्षमा डा. गुप्ता फराकिलो मतान्तरका साथ विजयी हुदाँ उपाध्यक्षमा उनकै प्यानलका डा. सिंह निर्वाचित भएका हुन् । उपाध्यक्षमा डा. सिंह २४० मतका साथ विजयी हुदाँ उनका प्रतिस्पर्धि डा. राजदेव कुशवाहा प्यानलका उम्मेदवार डा. चन्द्रकान्त पासवानले भने १६० मत मात्रै पाए ।

अध्यक्षमा भने डा. गुप्ता २५९ मतका साथ अध्यक्षमा विजयी हुदाँ उनका प्रतिस्पर्धि डा. राजदेव कुशवाहाले भने १५७ मात्रै प्राप्त गरे ।अध्यक्षमा निर्वाचित डा. गुप्ता यसअघिपनि संघको अध्यक्ष थिए ।

नयाँ नेतृत्व चयनका लागि वीरगन्जमा शनिबार भएको निर्वाचनमा कुल ७६६ मतदाता रहेकोमा ४२० मत खसेको थियो । नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखामा पर्सा र बारा जिल्लामा कार्यरत डाक्टहरु आबद्ध छन् ।

 

 

Related posts

हैजाको उपचारका लागि मधेस सरकारले नारायणी अस्पताललाई दियो औषधिसहितका सामग्री

MadhesKhabar

नेशनल मेडिकल कलेजमा औंलो रोगबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

विश्व दृष्टि दिवसमा वीरगन्जको आदर्शनगरमा १५० जनाको निःशुल्क आँखा परीक्षण

MadhesKhabar

Leave a Comment