Madhes Khabar
खेलकुद

नेपालले जित्यो मलेसियासंगको टी–२० अन्तर्राष्ट्रिय सिरिज

काठमाडौं,२२असोजः नेपाली महिला क्रिकेट टिमले मलेसियासंगको द्विपक्षीय टी –२० अन्तर्राष्ट्रिय सिरिज जितेको छ। बुधबार भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टिमले सिरिज जितेको हो। ५ खेल सम्मेलित सिरिज नेपालले ३–२ ले जितेको हो।

बुधबार मलेसियाको बायुमास ओभलमा निर्णायक खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०३ रन बनाएको थियो। मलेसियाले दिएको १०४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

नेपालको जितमा रुवी पोदारले सर्वाधिक २६ रन बनाइन्। उनले २५ बलमा २ चौका प्रहार गरिन्। ओपनर सम्झना खड्काल् १३, कविता कुवँरले १४, पुजा महतोले २३ रन बनाउँदा रुबीना क्षेत्री १५ र कविता जोशी १ रनमा अविजित रहे।

मलेसियाका लागि बलिङमा एना हमिजा हसिम, नुर दनिया सुहादा, इशा एलिसा, माहिरा इस्लामी र नुर नुरमिजाले १–१ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको मलेसियाको लागि कप्तान विनिफर दुरासिंगमले सर्वाधिक ४० रन बनाइन्। उनले ४६ बल खेल्दै ५ चौका प्रहार गरेकी थिइन्। ओपनर एना हमिजा हसिमले १५, मास एल्साले १०, माहिरा इस्मेलले १९ र नुर दनिया सुहादाले ११ रन बनाइन्। नेपालको लागि कविता कुँवर र राजमती ऐरीले समान ३–३ विकेट लिए। रचना चौधरीले १ विकेट लिइन्।

नेपाल यसअघि पहिलो खेलमा ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा १३ रनले पराजित हुँदा चौथो खेलमा ६ विकेटको जित निकालेको थियो ।साभारःअन्नपूर्णपोष्ट

Related posts

यू–१९ एसिया कपका लागि घोषित नेपाली टिममा वीरगन्जका क्रिकेटर रन्जित कुमार चयन

MadhesKhabar

टेष्ट राष्ट्र वेष्ट इन्डिजलाई पहिलाे पटक हराउँदै नेपालले रच्याे इतिहास

MadhesKhabar

लेबनानलाई हराउँदै नेपाल फाइनलमा

MadhesKhabar

Leave a Comment