काठमाडौं,२१असोजःनेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् ।
मंगलबार मलेसियासँग भएको खेलमा जित हात पारेको नेपालका लागि ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा भएको हो ।उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इन्दुको ७७ खेलमा १०४३ रन छ ।
उनीभन्दा पछाडि सीता रानामगरको ६३ खेलमा ९६५ रन छ । रुबिना क्षेत्रीको ७८ खेलमा ९३६ रन छ । पूजा महतोको ४१ खेलमा ५१६ रन छ ।१८ को औसतमा रन बनाएकी इन्दुले हालसम्म एक अर्धशतक प्रहार गरेकी छन् । उनको उच्च स्कोर ५५ रनको छ ।साभारःअनलाइनखबर

