Madhes Khabar
स्थानिय

वीरगन्ज–१२ का स्थानीयको आरोप : वडाध्यक्षको सौतेनी व्यवहारले बोरिङको काममा अवरोध भयो

वीरगन्ज,१०साउनः वीरगन्ज महानगरपालिका वडा नमबर १२ मा पर्ने फुलवारी टोलमा खानेपानीको समस्या समाधानका लागि आफैं जुटेका स्थानीयवासी अहिले जनप्रतिनिधिकै हस्तक्षेपका कारण थप तनावमा परेका छन्।स्थानीयवासीको पहलमा भइरहेकै खानेपानी वितरणको कार्यमा वडाध्यक्ष सुरेश गुप्ताले रोक लगाउनुका साथै संकलन गरिएको ९८ हजार रुपैयाँ जबर्जस्ती लिएको आरोप वडाध्यक्ष गुप्तामाथि लागेको छ।

पटक–पटक वडा कार्यालयमा धाउँदा पनि सुनुवाइ नपाएपछि स्थानीय अगुवा तथा पत्रकार अमित अग्रवालको अगुवाइमा टोलवासीले मेयर राजेशमान सिंहसंग समन्वय गरेर फुलवारी टोलमा डीप बोरिङ जडान गराएका थिए। बोरिङ डान सम्पन्न भएपनि घरघरमा पाइपमार्फत पानी पु¥याउन अझै केही दिन लाग्ने जानकारी महानगरपालिकाबाट पाएपछि टोलवासीले समिति गठन गरी चन्दा संकलन गर्दै पाइप वायरिङको काम अघि बढाएका थिए।

तर यही क्रममा वडाध्यक्ष गुप्ता शनिबार आफ्ना केही समर्थकसहित टोलमा पुगेर काम रोकिदिएको स्थानीयको आरोप छ। वडाध्यक्ष गुप्ताले अपमानजनक व्यवहार गर्दै उपभोक्ता समितिले संकलन गरेको ९८ हजार रुपैयाँ जबर्जस्ती खोसेर लगेको स्थानीयले बताएका छन्। रकम फिर्ताका लागि पटकपटक फोन सम्पर्क गर्दा वडाध्यक्ष गुप्ताले “म जितपुर छु, पछि कुरा गरौंला” भन्दै आलटाल गरिरहेको आरोप समेत स्थानीयको छ।

स्थानीयवासीका अनुसार वडाध्यक्ष गुप्ताले बोरिङको काममा आफूसंग सल्लाह नलिएको भन्दै चिढिएको र वडामा आफ्नो वर्चस्व कमजोर भएको महसुस गरेपछि काममा अवरोध गरेका हुन्। फुलवारी टोलवासीले सामाजिक सञ्जालमा मेयर सिंहलाई मात्र धन्यवाद दिएको कुराले पनि वडाध्यक्ष गुप्तालाई चित्त नबुझेको बताइएको छ।

वडाध्यक्ष गुप्ताले पानीको वितरणलाई लिएर धम्कीपूर्ण भाषा प्रयोग गर्दै “पानी जहाँ मन लाग्छ उतै पठाउँछु, नभए बन्द गरिदिन्छु” भनेको स्थानीयले बताएका छन्। साथै, स्थानीय अगुवा अमित अग्रवालमाथि पैसा उठाएको आरोप लगाउँदै करिब ५० घरको पानी रोकिने चेतावनीसमेत उनले दिएको स्थानीयले बताएका छन्।

पानीको अत्यावश्यकताका बीच आफैं जुटेर समाधान खोज्दा वडाध्यक्षबाट अपमानित र अप्ठ्यारो बनाइएको भन्दै आक्रोशित टोलवासीले सामूहिक रूपमा पाइप वायरिङको काम अगाडि बढाइरहेका छन्। उनीहरूले सार्वजनिक हितका कार्यमा राजनीति नगरिनु पर्ने माग गर्दै चन्दा फिर्ता गर्न वडाध्यक्षलाई दबाब पनि दिएका छन्।

स्थानीयले महानगरपालिका र सरोकारवाला निकायसँग तत्काल हस्तक्षेपको मागपनि गरेका छन्। यदि समस्या समाधान नभएमा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनिहरुले दिएका छन्।

वडाध्यक्ष गुप्ताले भने स्थानीयले आँफुलाई भेटेर गुनासो गरेपछि विवादीतस्थलमा पुगेको बताए । आँफुमाथि लगाइएका सबै आरोप निराधार रहेको दबाी गर्दै उनले उठाइएको पैसामध्ये ९८ हजार रुपैयाँ आँफुले फिर्ता लिएको र त्यो पैसा आइतबार सम्बन्धित व्याक्तिहरुलाई फिर्ता गरिदिने बताए । यसका साथै बोरिङबाट घरघसम्म लाग्ने पाइपको व्यवस्थापन वडा कार्यालयबाट गरिने उनले बताए ।

Related posts

पर्सामा हावाहुरीले व्यापक क्षति :जस्ताले काटेर एक बृद्धकाे मृत्यु, टावरले च्यापेर एक घाइते

MadhesKhabar

चोरीको चुरोट किनेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा, छोरा प्रहरी नियन्त्रणमा

MadhesKhabar

पानी माग्दै वीरगन्जका मुस्लिमले अल्लाहलाई गुहारे, इदगाहमा सामुहिक रुपमा गएर पढे नमाज

MadhesKhabar

Leave a Comment