Madhes Khabar
स्थानिय

वीरगन्जमा सडक विस्तारकाे विराेधमा मेनराेडका पसलहरु बन्द

वीरगन्ज,२०असारःवीरगन्ज महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका लागि सोमबारदेखि थालेको सडक क्षेत्रभित्रका संरचना हटाउने कार्यको विरोधमा घरधनीहरुले शुक्रबार मेनराेडका पसलहरु बन्द गराएका छन् ।

बिहीबार राणीसती धर्मशालामा बसेको वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यपारी सडक पिडित संघर्ष समितिको बैठकले मेनरोड विस्तारका लागि महानगरले थालेको तोडफोडको विरोधमा शुक्रबार बिहानदेखि ११ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियाे । त्यही निर्णय अनुसार घरधनीहरुले शुक्रबार बिहानदेखि मेनराेडका पसलहरु बन्द गराउनुका साथै सडकमा टायर बालेर प्रदर्शन पनि गरेका छन् ।यसपछि मेनरोडका हरेक घरमा कालो झण्डा राख्ने कार्यक्रम रहेकाे वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले जानकारी दिए ।

यसअघि घरधनिहरुले गत मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै संरचना भत्काउने महानगरको कार्य तत्काल रोक्न माग गरेका थिए।

वीरगन्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको फैैसला कार्यान्वयनका लागि भन्दै सोमबारदेखि वीरगन्ज भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरेको जनाएको छ । त्यसक्रममा महानगरपालिकाले डोजर लगाएरर सडक क्षेत्रमा पर्ने संंरचनाहरु भत्काएर हटाइरहेको छ ।

तर मुख्य सडकक्षेत्रभित्र घर पर्ने घरधनीहरुले वीरगन्ज महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर घरटहराहरु भत्काइरहेकाले उक्त कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

Related posts

सखुवा प्रसौनीकाे वडा कार्यालयमा तोडफोड, कस्ले गर्याे ?

MadhesKhabar

मेनराेडकाे २५/२५ मिटर ताेड्नुपर्ने क्षेत्रकाे सीमांकन गर्न नापी कार्यालय वीरगन्जलाई पत्रचार

MadhesKhabar

पर्सामा एक महिनामै प्रहरीद्वारा ३ कराेड भन्दा बढी मुल्यकाे तस्करीको सामान बरामद

MadhesKhabar

Leave a Comment