Madhes Khabar
स्थानिय

वीरगन्जमा सडक विस्तारकाे विराेधमा मेनराेडका पसलहरु बन्द

वीरगन्ज,२०असारःवीरगन्ज महानगरपालिकाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको मुख्य सडक विस्तारका लागि सोमबारदेखि थालेको सडक क्षेत्रभित्रका संरचना हटाउने कार्यको विरोधमा घरधनीहरुले शुक्रबार मेनराेडका पसलहरु बन्द गराएका छन् ।

बिहीबार राणीसती धर्मशालामा बसेको वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यपारी सडक पिडित संघर्ष समितिको बैठकले मेनरोड विस्तारका लागि महानगरले थालेको तोडफोडको विरोधमा शुक्रबार बिहानदेखि ११ बजेसम्म बजार बन्द गर्ने निर्णय गरेको थियाे । त्यही निर्णय अनुसार घरधनीहरुले शुक्रबार बिहानदेखि मेनराेडका पसलहरु बन्द गराउनुका साथै सडकमा टायर बालेर प्रदर्शन पनि गरेका छन् ।यसपछि मेनरोडका हरेक घरमा कालो झण्डा राख्ने कार्यक्रम रहेकाे वीरगन्ज बचाउ संघर्ष समितिका अध्यक्ष जवाहर गुप्ताले जानकारी दिए ।

यसअघि घरधनिहरुले गत मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै संरचना भत्काउने महानगरको कार्य तत्काल रोक्न माग गरेका थिए।

वीरगन्ज महानगरपालिकाले भने सर्वोच्च अदालतको फैैसला कार्यान्वयनका लागि भन्दै सोमबारदेखि वीरगन्ज भन्सार क्षेत्रबाट सडक विस्तारको काम सुरु गरेको जनाएको छ । त्यसक्रममा महानगरपालिकाले डोजर लगाएरर सडक क्षेत्रमा पर्ने संंरचनाहरु भत्काएर हटाइरहेको छ ।

तर मुख्य सडकक्षेत्रभित्र घर पर्ने घरधनीहरुले वीरगन्ज महानगरपालिकाले आफ्नो क्षेत्राधिकार बाहिर गएर घरटहराहरु भत्काइरहेकाले उक्त कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् ।

Related posts

रानीघाटमा रहेकाे किताब पसलकाे गाेदाममा आगलागी हुदाँ १० लाखकाे क्षति

MadhesKhabar

वीरगन्जको आदर्शनगर रंगशालामा खेल्न गएका बेला एक बालककाे मृत्युु

MadhesKhabar

वीरगन्जलाई बदनाम गराउने अपराधिक प्रवृत्ति र मानसिकताका व्याक्तिलाई कारबाही गर्न नेजपाको माग

MadhesKhabar

Leave a Comment