काठमाडौं,२५फागुनः भारतको मुम्बइको नागपाडा क्षेत्रमा आइतबार निसास्सिएर चार मजदुरको मृत्यु भएको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्यांकी सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो ।निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ ।
मृत्यु हुनेमा १९ वर्षीय हसिपाल शेख, २० वर्षीय राजा शेख, ३६ वर्षीय जियाउल्लाह शेख र ३१ वर्षीय फुरहान शेख रहेका छन् ।मुम्बइ महानगरपालिका (बीएमसी)का अधिकारीहरूका अनुसार घटना दिउँसो १२स्३० बजेतिर गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै भएको थियो।