Madhes Khabar
धर्म/संस्कृति

सखुवा प्रसाैनीकाे रामभाैरीमा श्रीमद् भागवत महायज्ञ सुरु,निकालियाे भब्य कलश यात्रा

पर्सा,२२माघ:पर्साकाे सखुवा प्रसा‌ैनी गाँउपालिका-२ रामभैरी टाेलमा मंगलबारदेखि सुरु श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको पहिलाे दिन भब्य कलश यात्रा सम्पन्न भएको छ।

रामभाैरीस्थित रामेश्वर मन्दिरमा सुरु महायज्ञकाे पहिलाे दिन कलश यात्रा निकाल्नुका साथै भगवान् शिव र माता पार्वतीको प्राण प्रतिष्ठापनि गरिएको थियाे।

महायज्ञस्थलबाट सुरु भएको कलश यात्रामम परम्परागत भेषभूषामा सजिएका महिला, बालबालिका,किशाेरी,युवती सहितका श्रद्धालुहरुले श्रीपुर,पन्चगावा बजारको परिक्रमा गर्दै पटेर्वा सुगौली गाँउपालिका-२ भौरीमाईमा रहेको भौरीमा जल भरेर पुन महायज्ञस्थलमा फर्किएका थिए।कलशयात्रामा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव,पूर्व प्रदेशसभा सदस्य मन्जुर अन्सारी, गाँउपालिकाकी पूर्व उपाध्यक्ष फुलमती देवी चौधरी,महायज्ञ आयाेजक समितीका सदस्य लगायतकाकाेपनि सहभागीता रहेको थियो।

 

धार्मिक, सामाजिक र सांस्कृतिक एकताकाे सन्देश दिन तथा लाेक कल्याण हेतु मंगलबारदेखि सुरु महायज्ञ माघ ३० गतेसम्म चल्ने सञ्चारकर्मी रामकिशाेर चाैधरीले जानकारी दिए।

Related posts

महाशिवरात्रीमा काठमाडौंको पशुपतिको जस्तै झल्को वीरगन्जमापनि (फोटो फिचर)

MadhesKhabar

अलौंको महायज्ञमा दलितलाई प्रवेश गर्न रोक लगाएपछि विरोध प्रदर्शन

MadhesKhabar

वीरगन्ज महानगरको आयोजनामा आज सामुहिक इफ्तार हुँदै,सहभागी हुन मेयर सिंहकाे अपिल

MadhesKhabar

Leave a Comment