Madhes Khabar
धर्म/संस्कृति

सखुवा प्रसाैनीकाे रामभाैरीमा श्रीमद् भागवत महायज्ञ सुरु,निकालियाे भब्य कलश यात्रा

पर्सा,२२माघ:पर्साकाे सखुवा प्रसा‌ैनी गाँउपालिका-२ रामभैरी टाेलमा मंगलबारदेखि सुरु श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको पहिलाे दिन भब्य कलश यात्रा सम्पन्न भएको छ।

रामभाैरीस्थित रामेश्वर मन्दिरमा सुरु महायज्ञकाे पहिलाे दिन कलश यात्रा निकाल्नुका साथै भगवान् शिव र माता पार्वतीको प्राण प्रतिष्ठापनि गरिएको थियाे।

महायज्ञस्थलबाट सुरु भएको कलश यात्रामम परम्परागत भेषभूषामा सजिएका महिला, बालबालिका,किशाेरी,युवती सहितका श्रद्धालुहरुले श्रीपुर,पन्चगावा बजारको परिक्रमा गर्दै पटेर्वा सुगौली गाँउपालिका-२ भौरीमाईमा रहेको भौरीमा जल भरेर पुन महायज्ञस्थलमा फर्किएका थिए।कलशयात्रामा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव,पूर्व प्रदेशसभा सदस्य मन्जुर अन्सारी, गाँउपालिकाकी पूर्व उपाध्यक्ष फुलमती देवी चौधरी,महायज्ञ आयाेजक समितीका सदस्य लगायतकाकाेपनि सहभागीता रहेको थियो।

 

धार्मिक, सामाजिक र सांस्कृतिक एकताकाे सन्देश दिन तथा लाेक कल्याण हेतु मंगलबारदेखि सुरु महायज्ञ माघ ३० गतेसम्म चल्ने सञ्चारकर्मी रामकिशाेर चाैधरीले जानकारी दिए।

Related posts

यमपञ्चककाे दाेस्राे दिन आज काग तिहार मनाइँदै

MadhesKhabar

पर्साको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल भाथा धामको सौन्दर्यकरणका लागि मन्त्री यादवसंग आग्रह

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment