Madhes Khabar
गण्डकी प्रदेश

स्कुल बस दुर्घटना हुदाँ २ को मृत्यु, २८ घाइते

पोखरा,१४साउनःपोखरामा सोमबार बिहान स्कुल बस दुर्घटना हुदाँ एक बालकसहित दुई जनाको मृत्यु भएको छ । एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नम्बरको स्मुल बस सोमबार बिहान ८ः५५ बजेतिर पोखरा महानगरपालिका– २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ जाँँदै गरेको बेला दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका छोरा अन्दाजी ५ वर्षीय प्रिन्स विक रहेको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।बस सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

घाइते विद्यार्थीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Related posts

जन्ती बाेकेकाे जिप दुर्घटना हुदाँ एकै गाउँका ५ जनाकाे मृत्युु

MadhesKhabar

तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

MadhesKhabar

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

Leave a Comment