वीरगन्ज,२६असार:अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
अमेरिकाको न्यु जर्सीमा बुधबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा क्यानडालाई २-० गाेलले हराउँदै अर्जेन्टिनाले फाइनलकाे यात्रा तय गरेको हो ।
अर्जेन्टिनाका लागि जुलियन अल्भारेज र लियोनेल मेस्सीले १-१ गोल गरेका हुन्।
जुलियन अल्भारेजले २३औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।दाेस्राे गाेल ५१औं मिनेटमा मेस्सीले गरेका हुन् । प्रतियोगितामा याे उनकाे आफ्नो पहिलो गोल हाे ।
अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वे बीचको दोस्रो सेमिफाइनलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।