वीरगन्ज,२६असार:स्पेन युरोकप २०२४ काे फाइनलमा प्रवेश गरेकाे छ।मंगलबार राति भएकाे पहिलाे सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको हाे ।
खेल सुरु भएकाे ९ मिनेटमै रान्डल कोलो मोनीले गरेकाे गाेलबाट अग्रता लिएको थियो । तर २१ ओैं मिनेटमा स्पेनका लागि यामलले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । २५ औं मिनेटमा डानी ओल्मोले स्पेनका लागि गाेल थपेका थिए ।
अब फाइनलमा स्पेनले इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीच हुने दाेस्राे तथा अन्तिम सेमिफाइनलको विजेतासंग उपाधिका लागि सामना गर्नेछ ।