Madhes Khabar
राजनीति

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त

मुख्यमन्त्री सतिश सिंह।

जनकपुर,२२असार:मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले राजीनामा मागेपनि नदिएपछि नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टीबाट मन्त्री भएकाहरुलाई बर्खास्त गरेका हुन्।

 

मुख्यमन्त्री सिंहले माओवादी केन्द्रका अर्थमन्त्री भरतप्रसाद साह, पर्यटन मन्त्री समीर भट्टराई, नेकपा एकीकृत समाजवादीका कृषि मन्त्री गोविन्द न्यौपाने, उर्जा सिचाई तथा खानेपानी मन्त्री बेची लुङ्गेली , नागरिक उन्मुक्ति पार्टीकी श्रम तथा यातायात मन्त्री उर्मिला देबि सिंह र गृह तथा सञ्चार मन्त्री बिमला अन्सारीलाई बर्खास्त गरेका हुन्।

उनीहरुलाई बर्खास्त गरेर नेपाली काङ्ग्रेसका ४ मन्त्री र लोसपाको तर्फबाट २ मन्त्रीलाई सरकारमा सहभागी गराउन सत्ता पक्ष लागि परेको छ। मन्त्री बर्खास्त र मन्त्रिपरिषद् पुनर्गठनको पत्र लिएर मुख्यमन्त्री सिंह प्रदेश प्रमुख कार्यालयमा पुगेका छन्।

Related posts

काँग्रेस महामन्त्री शर्मा झापा १ बाट सर्वसम्मत सिफारिस

MadhesKhabar

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगरे रवि लामिछानेले दलको नाम फेर्ने

MadhesKhabar

नेपाल शिक्षक संघ बाराको अध्यक्षमा सहनी निर्वाचित

MadhesKhabar

Leave a Comment