Madhes Khabar
प्रविधि

अवरुद्घ इन्टरनेट सेवा सुचारु

काठमाडौं,२१बैशाख:बिहीबार करिब ७ घण्टादेखि समस्या देखिएको इन्टरनेट सेवा मध्यरातदेखि सुचारु भएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकले आपूर्ति सुचारु गरेसँगै नेपालमा इन्टरनेट चल्न थालेको हो ।

इन्टरनेट अवरुद्ध भएलगत्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सेवा अवरूद्ध हुने गरी कुनै कार्य नगर्न नगराउन सेवा प्रदायक निकायहरुलाई आग्रह गरेको थियो । त्यसलगत्तै इन्टरनेट सेवा सुचारु भएको हो ।
बिहीबार अपरान्ह ४ बजेदेखि देशभरका इन्टरनेट सेवामा समस्या देखिएको थियो ।

नेपालका इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले १ वर्षदेखि ३ अर्ब रुपैयाँ भुक्तानी नतिरेपछि भारतले उनिहरुकाे इन्टरनेट लाइन काटिदिएको थियाे ।

नेपालका ठूला इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक, सुबिसु, भायानेटलगायतकाे सेवा बिहीबार दिउँसो देखि अवरुद्ध भएको थियाे । अघिल्लो साता इन्टरनेट सेवा प्रदायकहरुले सरकारले विदेशी मुद्राको सटही सुविधा नदिए इन्टरनेट सेवा बन्द हुने चेतावनी दिएका थिए ।

भारतीय कम्पनीको एयरटेल र टाटाको भुक्तानी बाँकी रहेपछि उनीहरुले नेपालतर्फको लाइन काटिदिएका थिए । नेपालमा आउने ८० प्रतिशत इन्टरनेट एयरटेल र टाटाबाट आउने इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले जनाएको छ ।

Related posts

भारतले सूर्यको अध्ययन गर्न ‘आदित्य एल-१’ अन्तरीक्षयान शनिबार प्रक्षेपण गर्ने

MadhesKhabar

वीरगन्जमा क्लासिक टेक इन्टरनेटले ठगी गरिरहेको पिडित सेवाग्राहीको गुनासो

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment