Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्जमा हुण्डीको २२ लाख रकमसहित दुई नेपाली पक्राउ


वीरगन्जमा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको रकम ।

वीरगन्ज,७ बैशाखःवीरगन्जबाट प्रहरीले हुण्डीको ठूलो रकमसहित दुई जना नेपालीलाई पक्राउ गरेको छ । वीरगन्ज १० आदर्शनगरस्थित रुंगटा मलभित्रबाट शुक्रबार दिउँसो अढाइ बजेतिर वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले श्रोत खुल्न नसकेको नेपाली २२ लाख ५ हजार रुपै्रयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरु दुवै जना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ । तर उनिहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।पक्राउ परेका मध्ये एक जना आईएमईका सञ्चालक र अर्का व्याक्ति उक्त आईएमईमा भारतबाट रकम ओसारेर ल्याउने भरिया रहेको प्रहरी श्रोतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरक्षिक कुमार विक्रम थापाले श्रोत खुल्न नसकेको २२ लाख ५ हजार रुपै्रयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे ।

उनले भने,‘ बरामद रकमसहित दुवैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । त्यसकारण उनिहरुको परिचय सार्वजनिक गरिएको छैन ।’

 

 

Related posts

बारा २ काे मतगणना सुरु

MadhesKhabar

वीरगन्जकाे मेनराेड विस्तार विवाद : मन्त्रिपरिषदकाे निर्णय झिकाउन सर्वाेच्चकाे आदेश

MadhesKhabar

पर्सामा राष्ट्रिय झण्डा चाेरेकाे आराेपमा पक्राउ परेका ११ जनाविरुद्ध मुद्दा दर्ता

MadhesKhabar

Leave a Comment