Madhes Khabar
स्थानिय हेडलाइन

बारामा ८ हजार भन्दा बढी लागू औषधसहित राैतहटका एक काराेबारी पक्राउ

बारा,२बैशाख:बारामा ठुलो परिमाणमा लागू औषध सहित एकजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राैतहटकाे मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरीया घर भएका २० बर्षिय अनिल बैठा रहेका छन्।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयाबाट बैठालाई गत शुक्रबार राति लागु ओैषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार रौतहटको मौलापुरबाट काठमाडौँ जाँदै गरेको प्र.०३–००१ ख २७०१ नम्बरको रात्रीबसलाई पथलैयामा प्रहरीले राेकेर चेकजाँच गरेकाे थियाे ।त्यसक्रममा उक्त बसमा सवार बैठाकाे साथबाट डाईजापाम ट्याब्लेट २५५० पिस,नाईट्राभेट ४६६५ पिस र नोरफिन १२५० पिस बरामद भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

लागु ओैषधसहित पक्राउ परेका बैठालाई प्रहरीले आइतबार सार्वजनिक गरेकाे हाे बैठालाई जिल्ला प्रहरी कार्यालय बाराकाे हिरासतमा राखेर कारबाही प्रकृया अगाडि बढाइएको न्याैपानेले जानकारी दिए ।

Related posts

पर्साको जिल्ला प्रशासन कार्यालयमा सिडिओ अर्यालको पहलमा पहिलो पटक इजलाश कक्ष स्थापना

MadhesKhabar

ठाकुरराम क्याम्पसमा संस्थापक महावीर प्रसाद र रघुवीर रामको शालीक निर्माण

MadhesKhabar

चुनावकै विषयलाई लिएर सर्लाहीमा माओवादीद्धारा राजमार्ग अवरुद्ध

MadhesKhabar

Leave a Comment