Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जको दलितबस्तीमा सांसद चौरसियाले गरे सामुदायिक भवनको शिलान्यास

वीरगन्ज,२७चैतः वीरगन्ज महानगरपालिका वडा नम्बर २७ रामपुरमा रहेको दलित वस्तीमा सामुदायिक भवन निर्माण कार्य सुरु गरिएको छ । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य अजय चौरसियाले मंगलबार दलितबस्तीमा सामुदायिक भवनको शिलान्यास गरेका हुन् ।

प्रदेश सभा सदस्य श्याम पटेलको पहलमा प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँको लागतमा दलितबस्तीमा सामुदायिक भवन निर्माण गर्न थालिएको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का वडाअध्यक्ष हृदयनारायण कुर्मीले जानकारी दिए ।

उक्त दलितबस्तीमा बर्षौ अघि निर्माण गरिएको धर्मशालामा जीर्ण भई भत्किएपछि विहेबारी, भोजभतेर लगायतका उत्सवका समारोह गर्न समस्या भएको जनगुनासो आएपछि आफनो पहलमा प्रदेश सरकारबाट २५ लाख रुपैयाँ निकासा गराई अहिले सामुदायिक भवन निर्माणको काम थालिएको प्रदेश सभा सदस्य पटेलले बताए । उनका अनुसार, उपभोक्ता समिति मार्फत निर्माण गर्न थालिएको उक्त सामुदायिक भवनको निर्माण कार्य आगामी बैशाख महिनाभित्रै सम्पन्न गर्नुपर्नेछ ।

शिलान्यास कार्यक्रममा प्रदेश सभा सदस्य पटेलका साथै बहुदरमाई नगरपालिकाका पुर्वमेर नितेन्द्र साह, वीरगन्ज् महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष हृदयनारायण कुर्मी , वडा नम्बर २८ का वडाध्यक्ष जरजुग महत्तो लगायतकोपनि विशेष उपस्थिती रहेको थियो ।

 

Related posts

वीरगन्जका मस्जिदहरुमा महानगरले दियो गिजर मेशिन र कार्पेट

MadhesKhabar

समुदायमा सद्भाव कायम गर्ने उद्देश्यले फरक शैलिमा वीरगञ्जमा भाईटिका सम्पन्न

MadhesKhabar

मधेसको भैयादुज: जिअ भइया लाख बरिस

MadhesKhabar

Leave a Comment