वीरगन्ज,१मंसिरः वीरगन्जबाट एक हजार दरका नेपाली नक्कली नोटको कारोवारमा संलग्न रहेका दुई जना युवकलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नंबर ८ स्थित सिटि मार्केटबाट एकजार दरका नेपाली नक्कली नोट सहित पक्राउ परेका युवाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सिटी मार्केटमा समान खरिद गरी हजार दरका नक्कली नोट दिएको सुचना पसलेले दिएपछि वीरगन्ज महानगरपालिकाको वडा नंबर ३१ बेलवा निवासी वर्ष २४का ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नंबर ३ निवासी वर्ष २५का उमेश कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनिहरुको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट बरामद भएपछि दुवै युवकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थापाले बताए।
पक्राउ परेका युवाहरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि ओटा चलन मुद्दामा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ । पछिलो तीन महिना यता तराईका विभिन्न जिल्लामा एक हजार दरका नक्कली नोट फेला पर्नेक्रम बढेको प्रहरीले जनाएको छ ।