Madhes Khabar
स्थानिय

स्याउकाे कार्टुनमा गाँजा तस्करी , बारामा चार जना पक्राउ

वीरगन्ज ,३जेष्ठ: बारामा लागू ओैषध गाँजासहित चार जना पक्राउ परेका छन् ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाराकाे निजगढ नगरपालिकन वडा नम्बर ८ स्थित सडकमा मे १ ख २३२२ नम्बरको  यात्रुवाहक बसमा प्रहरीले चेकजाँच गर्दा १३ किलाे ५०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मकवापुरकाे मनहरी गाँउपालिका वडा नम्बर ८ ज्यामिरेका ३४ वर्षिय राजकुमार भन्ने चन्द्र बहादुर मोक्तान, झापाकाे  मेची नगरपालिका वडा नम्बर ६ शान्तिटोलका ४६ वर्षिय शंकर दाहाल , त्यहि ठाँउका ३४ वर्षिय बिनोद कुमार पोखरेल र रौतहटकाे चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का  २४ वर्षिय अर्जुन गौतम रहेकाे इलाका प्रहरी कार्यालय निजगढले जनाएकाे छ।
मकवानपुरकाे हेटौडाबाट झापाकाे काँकडभिट्टातर्फ जाँदै गरेको मे १ ख २३२२ नम्बरको यात्रु बाहक बसलाई रोकेर चेकजाँच गर्दा उक्त बसको सिट मुनी स्याउको कार्टुनभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागु औषध गाँजा १३ किलाे ५०० ग्राम फेला परेको बाराका प्रहरी उपरीक्षक हाेबिन्द्र बाेगटीले जानकारी दिए।
गाँजा र बससहित उनिहरुलाई नियन्त्रणमा लिएर लागु औषध मुद्दामा म्याद थप गर्ने लगायतको थप अनुसन्धान कार्य भइरहेको बाेगटीले जानकारी दिए ।

Related posts

राजेशमान सरावगी भन्दा ४१ सय मतले अगाडि

MadhesKhabar

कसैकाे दबाबमा नपरि काम गर्न वडासचिवहरुलाई उपमेयर आलमकाे निर्देशन

MadhesKhabar

वीरगन्ज महानगरले १६ बिघा सार्वजनिक जग्गाकाे अतिक्रमण हटायाे

MadhesKhabar

Leave a Comment