Madhes Khabar
स्थानिय

सिम्रौनगढमा आगलागी हुदा ६ घरगाेठ जलेर नष्ट

फाेटाे : नूरआलम बादशाहकाे फेसबुकबाट

बारा,१४चैत : बाराको सिम्रौनगढ़ नगरपालिका वडा नम्बर –२ रानिवास बजारमा आगलागी हुदा ६ वटा घरगाेठ जलेर नष्ट भएकाे छ ।

मंगलबार बिहान स्थानीय रामप्रीत हाजराको घरबाट सुरु भएको आगोले छिमेकी रामसुरत हाजरा, लालबाबु पासवान, राजेश पासवान, रमेश पासवान र गगनदेव पासवानको घर गोठ जलेर नष्ट भएको वडाध्यक्ष अरविन्द मुखियाले बताए ।

रामप्रीत हाजराको गोठमा लाम्खुट्टे धपाउनका लागि बालिएको घुरबाट सल्केको आगोले आगलागी भएको हो।

आगोले भैंसी, मोटर साईकल, साईकल, मोटर, नगद, अन्नपात, लत्ताकपडालगायत घरमा रहेका सामानहरु पूर्णरूपमा जलेका छन् ।

बिहान ३ बजेदेखि लागेको आगो एक घण्टामा स्थानीय प्रहरी र दमकलको सहयोगमा निभाइएको थियो ।

आगलागीबाट करिब १० लाख बराबरको क्षति भएकाे ईलाका प्रहरी कार्यालय सिम्राैनगढले जनाएको छ ।

Related posts

वीरगन्जमा मध्यरातमा गाेली चल्याे,माेस्ट वान्टेड भारतीय अपराधी बब्लु पक्राउ 

MadhesKhabar

गीता मन्दिर, मुर्ली लगायतका स्थानमा लाग्ने अनाधिकृत बजार बन्द गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

सखुवा प्रसौनीमा नयाँ प्रमुख प्रशासकीय अधिकृत चौरसियालाई पालिका अध्यक्ष यादवले गरे स्वागत

MadhesKhabar

Leave a Comment