Madhes Khabar
राजनीति

प्रचण्डपछि माधव नेपाल र त्यसपछि देउवा प्रधानमन्त्री: विमलेन्द्र निधि

काठमाडौं ,२चैत: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले पुस ८ भित्रै विश्वासको मत लिने तयारी गरेका छन्।

‘उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। त्यसपछि कांग्रेस सरकारमा जान्छ,’ कांग्रेस ललितपुर नगर समितिले बिहीबार बिहान आयाेजना गरेको कार्यक्रममा निधिले भने, ‘गठबन्धन दलहरूबीच सहमति भएअनुसार सरकार पाँच वर्षसम्म कायम रहन्छ।’

नेता निधिले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डकै सरकार निरन्तर रहने बताए। ‘पहिलो चरणमा प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति छ,’ उनले भने।

नेकपा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएको पनि निधिको भनाइ थियो। गत पुस १० मा एमालेसहित ७ दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए। तर राष्ट्रपति चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै माओवादीसहित ८ दलको गठबन्धन बनेको थियो।

Related posts

पर्साकाे ग्रामीण भेगमा पेट्रोलमा कालाेबजारी,भाेट कट्ने डरले जनप्रतिनिधिले गर्दैनन् अनुगमन

MadhesKhabar

वीरगन्ज ३२ मा विजय सरावगी र पुरुषोत्तम झाको संयुक्त घरदैलो

MadhesKhabar

महन्थ ठाकुर,हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालको दलबीच पार्टी एकता गर्ने सहमति

MadhesKhabar

Leave a Comment