Madhes Khabar
स्थानिय

ट्रकमा भारत लैजादै गरिएको ३ सय ६३ केजी गाँजा ठोरीबाट पक्राउ

मधेसखबर
वीरगन्ज,२७ मंसिर : पर्साको ठोरी स्थित नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागु औषध गाँजा सहितको एउटा ट्रक पक्राउ गरेको छ ।ठोरी गाउँपालिका वडा नम्बर ३ स्थित ठुटेखोला नजिकबाट सोमबार राति प्रहरीले ३ क्वीन्टल ६३ केजी गाँजा सहितको मिनि ट्रक पक्राउ गरेको हो ।

मकवानपुरको हेटौडाबाट गाँजा बोकेर ठोरी जाँँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा ठोरी स्थित सशस्त्र प्रहरी बोर्ड आउर पोष्ट र इलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले ठुटे खोला नजिकै उक्त ट्रक रोकेर चेकजाँच गर्दा ट्रकमा पल्स बटन बनाएर २२ वटा कार्टुनमा राखिएको गाँजा बरामद भएको हो ।

ट्रकका चालक भने प्रहरीले ट्रक रोक्न लगाए लगतै ट्रक छाडि फरार भएको पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Related posts

पर्सामा एक महिनामै प्रहरीद्वारा ३ कराेड भन्दा बढी मुल्यकाे तस्करीको सामान बरामद

MadhesKhabar

वीरगन्जका दुई पूर्व वडाध्यक्षसहित आठ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

MadhesKhabar

मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुखसहित चार कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

MadhesKhabar

Leave a Comment