Madhes Khabar
हेडलाइन

तिलावे पुल सात वर्ष देखि अधुरै, पुरानो फलामे पुलमा सधैं जामको सास्ती

मधेसखबर
वीरगन्ज,२४ जेठ :पर्सा जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदि माथिको पुल निर्माण ,ठेकेदारको लापरवाहीका कारण अहिले पनि अधुरै रहेको छ ।
२०७२ जेठ २५ मा पप्पु÷लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी तिलावे खोला पुलको निर्माण कार्यको ठेक्का सकार गरेको थियो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार , सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो ।
तर ठेक्का लागेको ७ वर्ष बिति सक्दा पनि पुल निर्माणको काम अधुरै रहेको छ विभिन्न कारण देखाउदै ठेकेदार कम्पनिले पटक पटक म्याद थप गराउदै आएको छ ।
पछिल्लो पटक थपिएको ठेक्काको म्याद गत चैत मसान्त सम्मको म्याद सकिएको पनि करिब ३ महिना हुन लागि सकेको छ । तर अझै सम्म पुलको निर्माण कार्य भने सकिएको छैन ।
ठेकेदारको आग्रहमा हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका आठौ पटक फेरि अषाढ १६ गते सम्मको म्याद थपेको छ ।
यसअघि सातौ पटक थपिएको गत चैत मसान्तको म्यादमा काम नसकिएकाले ठेकेदारकै आगैहमा अन्तिम पटकका लागि अषाढ १६ सम्मको म्याद थपिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले बताए । उनले भने, अषाढ १६ सम्म ठेकेदारले पुलको काम सक्छ भन्ने विश्वास छ ।
यसअघि ठेकेदार नै सम्पर्क विहिन हुदा ७ महिना सम्म अलपत्र परेको पुलको निर्माण कार्य , स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिना सम्म प्रदर्शन सहितको दबाब दिए पछि गत मंसिरबाट निर्माण कार्य सुचारु भएको थियो ।
त्यस बेला ( गत मंसिर २९ गते ) जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदार सहितको सर्वपक्षिय बैठकले ७ महिना देखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गते देखि सुचारु गर्ने सहमति गरेको थियो ।
उक्त बैठकमा , रोकिएको पुलको निर्माण कार्य गत चैत मसान्त भित्र निर्माण कार्य सक्ने सहमति पनि भएको थियो ।
तर ठेक्का लगाइएको ३ वर्ष भित्रै सक्नु पर्ने निर्माणको काम ७ वर्ष बिति सक्दा पनि अधुरै रहदा पर्सा जिल्लाभरकै स्थानीय आवागमनमा सास्ती खेप्न बाध्य छन् ।
पुरानो फलामृे पुुल जीर्ण भइसकेको र साँघुरा पनि भएका कारण त्यहा हरेक दिन बिहान र साँझ घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको छ ।
नदिमा बनाइएको कच्ची डाइभर्सन पनि अहिले बाढिले बगाइ सकेका कारण पुरानो साँघुरो फलामे पुलमा घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको स्थानीय जय यादवले बताए ।
यता गत कात्तिक महिनाभर पुलको निर्माण कार्य छिटटै सक्न भनेर दबाब दिदै प्रदर्शन गरेका युवा अगुवा राकेश यादवले ठेकेदार र हुलाकी कार्यालयको चरम लापरवाहीले पुलको काममा अहिले पनि ढिला सुस्ती भइरहेको बताए ।
उनले भने , कात्तिकमा हामीले महिना दिन सम्म प्रदर्शन गरेपछि पुलको काम ठेकेदारले शुरु त गरयो तर फेरि पनि भनेको समयमा (चैत मसान्त सम्म)पुरा गर्न सकेन ।
अब फेरि अषाढ १६ सम्म म्याद थपिएको जानकारी आफुहरुले पाएको बताउदै यादवले भने ,फेरि पनि यो समयामा काम सकेन भने हामी फेरि संघर्षमा उत्रिन्छौ ।

Related posts

भारतका सबै बन्दरगाह नेपालका लागि खोल्नु पर्ने वीरगन्जका उद्योगी व्यपारीको माग

MadhesKhabar

पर्सामा माघ ९ र १० गते बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइने

MadhesKhabar

पोखरियाकाे विद्यालयमा अत्याधिक गर्मीले ८ जना छात्राहरु कक्षाकाेठामै बेहाेश

MadhesKhabar

Leave a Comment