Madhes Khabar
पर्यटन

वीरगन्जलाई पर्यटनको सहर बनाउन सहयोग गर्ने उपमेयर आलमको प्रतिबद्धता

मधेसखबर
वीरगन्ज,२०जेठः
वीरगन्जमा आयोजित दुइ दिने होटल व्यावसाय सम्बन्धि तालिम शुक्रबार सम्पन्न भएको छ ।नेपाल पर्यटन बोर्ड, होटल तथा व्यावसायी महासंघ तथा होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जको आयोजनामा भएको दुइ दिने तालिम शुक्रबार सकिएको हो ।
वीरगन्जका होटलहरूमा गुणस्तरीय सेवा सुविधा कसरी प्रदान गरेर पर्यटक आकर्षण गराइ पर्यटन प्रबर्द्धन गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले जानकारी दिए ।
संघका अध्यक्ष पन्तले विशेष गरि राधानी बाहिरका होटलहरुले उचित रुपमा आतिथ्यता दिन नसकि रहेको गुनासो आइरहेकोले त्यसलाइ सम्बोधनका लागि तालिम आयोजना गरिएको बताए । यस्ता तालिमले होटल व्यवसायी र कर्मचारीलाइ धेरै कुरा सिकाउने भन्दै कार्यक्षमता वृद्धि भइ होटल तथा पर्यटन व्यवसय सन्चालनमा सहयोगी हुने बताए ।
समापन कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले वीरगन्जका होटल व्यावसाय र पर्यटनको मुख्य आधार नै भारतीय पर्यटकहरू नै भएकोले होटलहरूमा गुणस्तरीय, स्वस्थ्य सेवा र सफाइमा ध्यान दिन जरूरी रहेको बताए । वीरगन्जलाई पर्यटनको सहर बनाउन आवश्यक साथ र सहयोग वीरगन्ज महानगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
३५ जना प्रशिक्षार्थी सहभागी दुइदिने प्रशिक्षणमा प्रशिक्षक प्रविण दाहाल र सुजन आचार्यले प्रशिक्षण दिएका थिए । होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको तालिमको समापन समारोहको सहजीकरण दिलिपराज कार्कीले गरेका थिए ।

Related posts

एआईजीमा सहकुल थापा सिफारिस !

MadhesKhabar

वीरगन्जमा बन्न लागेको चिडियाखानाको घेराबार गर्ने काम ६० प्रतिशत सकियो

MadhesKhabar

मधेस सरकारले पर्साको पोखरियामा बनाउँदै ‘मधेस माटो पार्क’, डा. राउत र सिंहले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment