Madhes Khabar
Uncategorized

मुख्यमन्त्री राउतकी पत्नि उपाध्यक्षमा पराजित

मधेसखबर
वीरगन्ज,०६ जेठ
:मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्निले ,गाँउपालिका उपाध्यक्षमा लज्जास्पद पराजय व्यवहोरेकी छन् ।
पर्साको जगरनाथपुर गाँउपालिकाको उपाध्यक्षमा जसपाबाट उम्मेदवार बनेकी मुख्यमन्त्री राउतकी पत्नि जलेखा खातुन , तेश्रो स्थानमा रहदै पराजित भएकी हुन् ।
उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाइ २१८६ मतले हराउदै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बबिताले ५५३१ मत पाउदा , उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी मीरा देवीले भने ३३४५ मत पाएकी छन् ।
मुख्यमन्त्री पत्नि जलेखा खातुनले भने ३१२३ मत मात्रै पाएकी छन् । जसपाबाट उम्मेदवार बनेकी मुख्यमन्त्री राउतकी पत्नि भने तेश्रो स्थानमा समिति भएकी छन् ।
यसअघि जसपाबाटै उपाध्यक्षमा निर्वाचित भएकी बिस्मिल्लाह खातुनलाइ टिकट नदिइ जसपाले मुख्यमन्त्री राउतको जोडबलमा उनकी पत्नि जलेखालाइ उम्मेदवार बनाउने तयारी गरेपछि मनोनयनको अन्तिम समयमा बिस्मिल्लाह जसपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकि थिइन् ।
मुख्यमन्त्री राउतले यसअघि आफनै पार्टी जसपाबाट उपाध्यक्षमा जितिसकेकी बिस्मिल्लाहलाइ टिकट नदिइ आफनै पत्नि जलेखालाइ उपाध्यक्षको उम्मेदवार बनाएपछि राउतको आलोचना पनि भएको थियो ।

Related posts

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

पर्साकाे हुलाकी सडकमा भएकाे माेटरसाइकल दुर्घटनामा दुई जना गम्भीर घाइते,अवस्था अचेत

MadhesKhabar

मैत्रीपूर्ण फुटबलमा आज राति नेपाल र इंग्ल्यान्ड ’सी’ खेल्दै

MadhesKhabar

Leave a Comment